एसइई चैत १९ गतेदेखि २९ सम्म

साझाकुरा
२०८२ माघ ९, बिहीबार ११:४७

हेटौंडा-यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जसअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डका परीक्षानियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुनेछ । यसपटक फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएका कारण एसइई गतवर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गतवर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*