एन्जललाई ‘तिलगंगा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति’ प्रदान

साझाकुरा
२०८२ फाल्गुन १, शुक्रबार ११:४५

हेटौंडा- भीमफेदी निवासी समाजसेवी तथा साहित्यकार सुभाषचन्द्र पौड्यालद्वारा स्थापित ‘तिलगंगा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति’ यसवर्ष महेन्द्र माध्यमिक विद्यालयकी छात्रा एन्जल घिसिङलाई प्रदान गरिएको छ । महेन्द्र माविमा आयोजित कार्यक्रमकाबीच घिसिङलाई नगद २५ हजार ५५५ रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको हो पौड्यालले आमा तिलकुमारी, बुबा गोविन्द पौड्याल र दिदी गंगाकुमारीको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ ।

छात्रवृत्ति विशेषगरी कक्षा १२ (दश जोड दुई) पुरा गर्ने इमान्दार र अनुशासित, जेहेन्दार तथा अध्ययनशील, विद्यालयको गरिमा उच्च राख्ने एक छात्रालाई छनोट गरी प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरिएको छ । छात्रवृत्तिका संस्थापक पौड्याल भीमफेदीमै जन्मेका हुन् । उनले महेन्द्र माविमा अध्ययन गर्नुका साथै करिब साढे दुईवर्ष त्यहाँ अध्यापन गराएका थिए ।

नेपाल बैंक लिमिटेडमा ३० वर्ष सेवा गरी निवृत्त भएका पौड्याल लेखन र साहित्यिक क्षेत्रमा पनि संलग्न छन् । आफ्नो विद्यालय र पितृप्रतिको सम्मानस्वरुप उनले यो अक्षयकोष स्थापना गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको सभाध्यक्षता तथा पुरस्कार संस्थापक पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार लामाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*