नगरस्तरीय कविता प्रतियोगितामा सनराइजकी अंशु प्रथम

साझाकुरा
२०८२ फाल्गुन ७, बिहीबार १३:५३

हेटौंडा- हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित नगरस्तरीय कविता प्रतियोगितामा सनराइज इङ्लिस सेकेण्डरी विद्यालयकी अंशु तामाङ प्रथम भएकी छिन् ।प्रतियोगितामा बाल जागृति इङ्लिस सेकेण्डरी विद्यालयकी प्रनिषा थापा दोश्रो, प्रगति माध्यमिक विद्यालयका निरंजन महतो तेश्रो तथा ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयकी रीतिका सापकोटा सान्त्वना भएका थिए । प्रतियोगितामा साहित्यकार यस लामा र पुरुषोत्तम आचार्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

रेडियो थाहासञ्चारले १८ औं वार्षिकोत्सव तथा हेटोंडा एकेडेमीको २८ औं स्थापना दिवसको अवसर पारेर हेटौंडा एकेडेमीको थाहा सभाकक्षमा कविता प्रतियोगिता आयोजना गरिएको हो ।हेटौंडा एकेडेमी बालक्लबको आयोजना तथा रेडियो थाहासंचार र हेटौंडा एकेडेमीको सहकार्यमा भएको प्रतियोगितामा प्रमुखअतिथि बरिष्ठ साहित्कार खगेन्द्र संग्रौलाले साहित्यले मानिसको जीवनमा परिवर्तन ल्याउने बताए । उनले समाज रुपान्तरणमा साहित्यको भूमिका महत्वपूर्ण हुने र साहित्यमा हेटौंडा उर्वर रहेको बताए ।

कार्यक्रममा रेडियो थाहासंचारका प्रवन्धनिर्देशक तथा हेटौडा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले हेटौंडा एकेडेमीले बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्नका लागि कविता प्रतियोगिता आयोजना गरेको बताए । उनले यस्ता खालको प्रतियोगिताले बाल बालिकाको प्रतिभाको विकास हुनेमा जोड दिए ।बालक्बलका अध्यक्ष रोज कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष अंकिता सुमार्गी, साहित्य संगम मकवानपुरका अध्यक्ष डीवी बर्तौलालगायत विभिन्न साहित्य संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*