सिद्धार्थ शिशुसदनको अभिभावक भेला सम्पन्न

साझाकुरा
२०८२ फाल्गुन ७, बिहीबार १४:०७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५ स्थित सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालयको ४५ औं अभिभाबक भेला बुधबार सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्दराज अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । नगरप्रमुख लामाले छोराछोरीलाई असल संस्कार दिन आग्रह गरिन् । कार्यक्रममा स्कुलका विद्यार्थीले बिबिध सांस्कृतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा करांते र स्काउटको प्रस्तुती राखिएको थियो । विद्यार्थीबाटै तयार पारिएको बिज्ञान सामग्री प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–५ का वडाअध्यक्ष सुशील घिमिरे, गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी सहित विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*