हेटौंडा एकेडेमीको २८ औँ अभिभावक दिवस

साझाकुरा
२०८२ फाल्गुन १०, आईतवार १४:२८

हेटौंडा, ९ फागुन÷ हेटौंडा एकेडेमीको २८ औँ अभिभावक दिवस शनिबार भव्यरुपमा सम्पन्न भएको छ । एकेडेमीका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा हेटौंडा उपमहानगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष सविन न्यौपाने र वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालले पछिल्लो समय विद्यार्थीमा मोवाइल प्रयोगको अत्यधिक प्रभाव देखिन थालेको उल्लेख गरे । उनीहरुले मोवाइलको दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना बढ्दै गएको भन्दै विद्यार्थीलाई मोवाइलको लतबाट जोगाउन अभिभावक, शिक्षक र विद्यालय प्रशासनले साझा पहल गर्नुपर्नेमा जोड दिए । बालबालिकालाई सामाजिक संजालको लतबाट छुटाएर पठन संस्कृतितर्फ उत्साहित गर्न साझापहल आवश्यक रहेको धारणा उनीहरुको थियो ।

कार्यक्रमका अवसरमा शिक्षाक्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शिक्षाविद् श्रेष्ठलाई माधवराज सुमार्गी शैक्षिक सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै श्रेष्ठले आफूलाई गरिएको सम्मानप्रति आभारी रहेको बताए । श्रेष्ठले आफूले अध्यापन गराएका विद्यार्थीहरु आज शिक्षा लगायत विभिन्न क्षेत्रमा अग्रसर भएको देख्दा अत्यन्त खुशी लागेको बताए । कार्यक्रममा विशेष अतिथिकारुपमा उपस्थित नेपालका वरिष्ठ गायक धिरज राईले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए । उनको प्रस्तुतीमा अभिभावक, शिक्षक तथा विद्यार्थी उत्साहपूर्वक रमाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*