२५ जना बालबालिका एकमात्र शिक्षक

साझाकुरा
२०८२ चैत्र १०, मंगलवार ११:३४

हेटौंडा-बौद्धिक अपा·ता भएका २५ जना बालबालिका एकमात्र शिक्षकको भरमा शिक्षालिन बाध्य भएका छन् । हेटौंडा उपमहानगरपालिका–७, कान्तिलोकपथ नजिकै रहेको शारदा प्राथमिक विद्यालयको पुरानो भवनमा सञ्चालन भइरहेको समावेशी कक्षा स्रोत अभावका कारण चुनौतीपूर्ण बनेको छ । नवज्योति माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित यो कक्षामा विशेष आवश्यकता भएका बालबालिकालाई अक्षर चिनाउनेदेखि दैनिक जीवनमा आवश्यक व्यवहारिक सीपसम्म सिकाइँदै आएको छ । तर, एकजना शिक्षकले सबै विद्यार्थीलाई सम्हाल्नुपर्ने बाध्यता हुँदा सिकाइको प्रभावकारितामा समस्या देखिएको छ ।

कक्षामा हाल ५ वर्षदेखि २८ वर्ष उमेर समूहका विद्यार्थी अध्ययनरत छन् । फरकफरक उमेर र क्षमता भएका बालबालिकालाई एउटै कक्षामा राखेर पढाउनु पर्दा शिक्षकलाई व्यक्तिगतरुपमा ध्यानदिन कठिन हुने गरेको छ । सुरुवातमा बौद्धिक अपा·ता अभिभावक महासंघको चारवर्षे परियोजनामार्फत् सुरु गरिएको यो कार्यक्रम, परियोजना सकिएपछि पनि उपमहानगरपालिकाको सहयोगमा निरन्तरता पाउँदै आएको हो । कक्षा सञ्चालनका लागि हेटौंडा उपमहा नगरपालिकाले वार्षिक करिब ११ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यद्यपि, आवश्यक शिक्षण सामग्री, भवन अभाव तथा पर्याप्त जनशक्तिको अभावले समावेशी शिक्षा प्रभावकारी बनाउन चुनौती थपिएको शिक्षिका सुजिता कार्कीले बताइन् । बौद्धिक अपा·ता भएका बालबालिकालाई शिक्षा दिनु राज्यको दायित्व भएपनि व्यवहारमा अझै पर्याप्त स्रोत, जनशक्ति र प्राथमिकता नपुगेको सरोकारवालाको गुनासो छ । समावेशी शिक्षालाई प्रभावकारी बनाउन थप लगानी, दक्ष जनशक्ति र उपयुक्त पूर्वाधारको आवश्यकता देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*