एकताबद्व भएर चुनौती सामना गर्नेः एमाले केन्द्रीय सदस्य राना
हेटौंडा-नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले पार्टीपंक्ति एकताबद्व भएर चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।नेकपा एमाले बागमती गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेलाई जनताबाट अलग्याउन र पार्टीको विपक्षमा भ्रम सृजना गर्न अन्तर्राष्ट्रिय शक्ति नै लागेको र राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास समृद्विको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउन लागेको बताए । उनले निर्वाचन परिणाम अनुकूल हुन नसके पनि पार्टीको पक्षमा उत्साहपूर्क परिचालित सबै नेता कार्यकर्तालाई धन्यवाद भन्दै अविचलितरुपमा देश, जनता र पार्टीको पक्षमा लागिरहन आग्रह गरे ।
बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले ईतिहासमै नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन संकटमा परेको र परिवर्तनकारी आन्दोलनको पक्षमा निरन्तर भूमिका खेलेको एमाले र नेतृत्वमाथी प्रहार भएको बताए । ‘हामी राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सृदृढीकरण र विकास समृद्विको पक्षममा उभिएका छौँ’ उनले भने, ‘अझ दृढ भएर उभिन जरुरी छ ।’ जनताको बीचमा हामीप्रति फैलाएर भ्रमलाई चिर्न जरुरी रहेको उनले बताए । बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङदोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनको समिक्षात्मक मन्तव्य राखेका थिए ।पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाईबालगायतको उपस्थिति रहेको थियो । बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिले निर्वाचनको समिक्षात्मक रिपोर्ट पेश गरेका थिए ।







