ओलीको पक्राउप्रति एमाले मकवानपुरको भत्र्सना र प्रदर्शन

साझाकुरा
२०८२ चैत्र १५, आईतवार १३:०४

हेटौंडा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति एमाले मकवानपुरले घोर निन्दा तथा भत्र्सना गरेको छ । नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाले विज्ञप्ती जारी गर्दै ओलीको पक्राउप्रति घोर निन्दा तथा भत्र्सना गरेका हुन् ।विज्ञप्तीमा भनिएको छ, ‘गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबीन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगबाट गरिएको गिरफ्तारीले मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने काम गरेको छ ।’ कानुनी प्रक्रिया र संवैधानिक मर्मलाई बेवास्ता गर्दै पूर्जी जारी गरी गरिएको पक्राउले कानुनी राज्यको उपहास भएको पनि विज्ञप्तीमा उल्लेख छ । कार्यवाहक अध्यक्ष लामाकाअनुसार यस्तो कदम गैरसंवैधानिक, गैरराजनीतिक र प्रतिशोधपूर्ण रहेको स्पष्ट देखिन्छ । उनले लोकतान्त्रिक अभ्यास, विधिको शासन र राजनीतिक सहिष्णुतामाथि गम्भीर आघात पुगेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीले पार्टीका अध्यक्ष ओलीको अविलम्ब रिहा गर्न जोडदार माग गर्दै यस्ता कार्यले मुलुकको राजनीतिक वातावरणलाई थप अस्थिर बनाउने चेतावनी दिएको छ । कार्यवाहक अध्यक्ष लामाले सरकारलाई कानुनी राज्य, लोकतान्त्रिक मूल्य र राजनीतिक मर्यादाको सम्मान गर्न आग्रह गरेका छन् ।अध्यक्ष ओलीको गिरफ्तारी विरुद्ध नेकपा एमाले मकवानपुरले विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयमा विरोध ¥याली निकाल्दै एमाले कार्यकर्ता ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् ।

बुद्धचोकमा कोणसभा गरी उनीहरुले प्रदर्शन गरेका हुन् । शनिबार बिहान ओली गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए । त्यसलगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्णः नेकपा एमालेनेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ । पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्मविपरीत रहेको निष्कर्ष निकालेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै तत्काल रिहाइको माग गर्ने निर्णय भएको बताए । यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्मविपरीत रहेको ठहर एमालेको रहेको बताए । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबीनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबीन आयोग गठन गर्न माग गरे । राजनीतिक दल, नागरिक समाज र आमजनसमुदायलाई कानूनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि संयुक्त पहलकदमी गर्न अनुरोध गर्ने निर्णय भएको महासचिव पोखरेलको भनाइ छ ।

सिडिओ कार्यालयमार्फत विरोधपत्र बुझाइने

महासचिव पोखरेलका अनुसार गिरफ्तारीको विरोधमा चैत्र १५ गते आइतवार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोधपत्र बुझाइने भएको छ । पार्टीसंवद्ध जनसंगठनले विरोध प्रदर्शनका कार्यक्रम सुरु गर्ने जानकारी दिए । उपाध्यक्ष विष्णु पौडेलले अन्य राजनीतिक दलसँग संवाद र समन्वयको नेतृत्व गर्नुहुने निर्णय भएको पनि महासचिव पोखरेलले बताए । बैठकले उपाध्यक्ष गोकर्ण विष्टले कानूनविदसँग परामर्श गरी कानूनी लडाइँको संयोजन गर्नुहुने निर्णय गरेको महासचिव पोखरेलले बताएका छन् । पार्टीले अध्यक्ष ओलीको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधरलाई चिन्तित तुल्याएको छ र प्रतिशोधपूर्ण कारबाहीको दृढताकासाथ कानूनी र राजनीतिक प्रतिवाद गर्ने बताए । समस्त पार्टीपंक्तिलाई विचलित नभई एकताका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*