छन्द दिवसको अवसरमा रचनावाचन

साझाकुरा
२०८३ बैशाख १०, बिहीबार ०७:३६

हेटौंडा- नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा छन्द दिवसको अवसरमा रचनावाचन कार्यक्रम भएको छ । कार्यक्रम चौतारीकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता तथा छन्दकवि पुरुषोत्तम आचार्यको प्रमुखआतिथ्यमा भएको हो । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य तथा गजलमञ्च मकवानपुरका अध्यक्ष सन्जित श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नवसर्जकहरु रोज कार्की, दुर्गा खतिवडा, जोशिका कँडेल ‘निशा’, स्वस्तिका दाहाल, अभिनव वात्स्यायन, कृतिका लौडारीलगायतको रचनावाचन रहेको थियो ।

कार्यक्रममा उपस्थित विशिष्टअतिथि नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक गौतमले छन्द दिवसको शुभकामनासहित नवसर्जक साहित्य चौतारी नेपाल लुम्बिनी प्रदेश कार्यालय स्थापना दिवसको समेत शुभकामना दिँदै आफ्नो छन्द कवितावाचन गरे । कार्यक्रममा प्रमुखअतिथि आचार्यले छन्द दिवसको शुभकामना दिँदै छन्दको महिमा बताउँदै विविध लयका छन्द कवितावाचन गरे । कार्यक्रम संस्थाकी महासचिव स्वस्तिका दाहालले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य दुर्गा खतिवडाले गरेकीथिइन् । २५ वर्षमुनिका नवसर्जकको पठन तथा लेखन संस्कृतिको विकासका लागि समर्पित चौतारीले नवसर्जक मासिक शृंखला, नवसर्जक कार्यशाला तथा सन्दर्भविशेष कार्यक्रमहरू गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*