अपाङ्गता भएका व्यक्तिका लागि उपचारात्मक स्वास्थ्य शिविर

साझाकुरा
२०८३ जेष्ठ ११, सोमबार १३:२१

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा मकवानपुर अपाङ्ग उत्थान समाजको आयोजनामा अपा·ता भएका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने उपचारात्मक स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।जेठ ९ र १० गते हेटौंडा–२ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सञ्चालन गरिएको शिविरबाट ११४ जना अपा·ता भएका व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविरमा सहभागीले विशेषज्ञ चिकित्सकमार्फत् स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा आवश्यक स्वास्थ्यसेवा प्राप्त गरेका थिए । शिविरअवधिभर ३९ जना अपाङ्गता भएका व्यक्तिको सहायक सामग्रीका लागि नाप लिनेकार्य सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । सहायक सामग्री आवश्यक पर्ने तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिले हेटौंडा उपमहानगरसँग आवश्यक सामग्री उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सक डा. कृष्ण कंडेल, डा. विपिन काफ्ले तथा रतीकुमारी गुरुङको सहभागिता रहेको थियो । उनीहरुले अपा·ता भएका व्यक्तिको आवश्यकता, अवस्था र संवेदनशीलतालाई मध्यनजर गर्दै उपचार तथा परामर्श सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताए । पहुँचमैत्री तथा उपचारात्मक स्वास्थ्य शिविरलाई आगामी दिनमा अझ व्यापकरुपमा सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए । मकवानपुर अपा· उत्थान समाजका सचिव कान्तिराज मैनालीले अपा·ता भएका व्यक्तिलाई सहज, पहुँचयोग्य र विशेषज्ञ स्वास्थ्यसेवा उपलब्धगराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

उनकाअनुसार शिविर अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको तथा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रयास गरिनेछ । शिविरले अपा·ता भएका व्यक्तिको स्वास्थ्यसेवामा पहुँच अभिवृद्धि गर्नुका साथै उनीहरुको सहायक सामग्री सम्बन्धी आवश्यकता पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।स्वास्थ्यसेवा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित
गरी सञ्चालन गरिएका कार्यक्रमले सामाजिक समावेशिता र मानवीय सेवाको भावना थप सुदृढ बनाएको स्थानीयवासीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*