मनहरीमा जिल्लास्तरीय क्योकुसिन कराते प्रतियोगिता

साझाकुरा
२०८३ जेष्ठ १२, मंगलवार १०:५८

हेटौंडा-नेपाल क्योकुसिन कराते (आइकेए) को आयोजनामा मकवानपुरको मनहरीमा जिल्लास्तरीय पुरुष तथा महिलाका विभिन्न तौल समूहका खेल भएका छन् । नेपाल क्योकुसिन कराँते बालकुमारी आइकेओ युनियन, नेपाल क्योकुशिन कराँते अलाइड, शिन क्योकुसिन कराँते संघ र नेपाल क्योकुसिन कराँते आइकेओ संघका खेलाडीहरु प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताको पुरुषतर्फको खेलमा ३० केजी समूहमा सुस्मित बिक प्रथम, दीप गोले द्वितीय र परप भोलन तृतीय भएका थिए भने दीपक थिङ सान्त्वना भएका थिए ।

यस्तै, ३५ केजी समूहमा अर्जुन थिङ प्रथम, आभास श्रेष्ठ द्वितीय, विवेक घलान तृतीय र अर्जुन थिङ सान्त्वना भएका थिए । यस्तै, ४० केजी समूहमा कृष मोक्तान प्रथम, प्रतिक मोक्तान द्वितीय, सर्वोच्च न्यौपाने तृतीय र प्रशान्त पोखरेल सान्त्वना भएका थिए । यस्तै, ४५ केजी समूहमा नितेसकुमार शाह प्रथम, सन्जोक वाइबा द्वितीय, सौरभ थिङ तृतीय र उत्सव खतिवडा सान्त्वना भएका थिए । यस्तै, ५० केजी समूहमा अरुण प्रजा प्रथम, अमृत बिक द्वितीय, सुरेश मोक्तान तृतीय र बिक्रम जिम्बा सान्त्वना भएका थिए ।

यस्तै, महिलातर्फ ३० केजी समूहमा सुहानी थिङ प्रथम, वास्ना गुरुङ द्वितीय र बजेतुन तामाङ तृतीय हुँदा सिजासु लोप्चन सान्त्वना भएकी थिइन् । ३५ केजी समूहमा पुष्पा नेपाली प्रथम, एरिका तिवारी द्वितीय, सुपृका प्रजा तृतीय भएकी थिइन् । ४० केजी समूहमा सुमिना बोम्जन प्रथम, ग·ा मोक्तान द्वितीय र बिबिका थोकर तृतीय हुँदा सतृश्नना स्याङ्तान सान्त्वना भइन् । ४५ केजी समूहमा कुसुम भोलन प्रथम, बिसु श्रेष्ठ द्वित्रीय, अन्जिता ब्लोन तृतीय र पृन्सा रानामगर सान्त्वना भएका थिए । ५० केजी समूहमा विविशा घिसिङ प्रथम, शिखा चौलागाईं द्वितीय, एनोरा तिवारी तृतीय र अस्मिता कुवर सान्त्वना भएका थिए ।

बिजेताहरुलाई मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामीमगरले पुरस्कार तथा मेडल प्रदान गरेकी थिइन् । कार्यक्रममा मनहरीको वडा नम्बर ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, नेपाल ब्रान्च चिफ सिहान प्रेमबहादुर लामालगायतको सहभागिता थियो । कार्यक्रममा आस्था कला केन्द्रले नृत्य प्रस्तुत गरेको थियो भने खेलाडी विजय घलानले पेटमा ढुंगा राखेर ब्रेक गरेका थिए भने ली पनि ब्रेक गरेका थिए । प्रतियोगितामा मकवानपुरका विभिन्न पालिकाका एकसय २० क्योकुसिनका खेलाडी सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*