त्रिवि उपकुलपति थापाद्वारा हेटौंडा क्याम्पसको निरीक्षण

साझाकुरा
२०८३ श्रावण १५, शुक्रबार १२:०३

हेटौंडा- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले वनविज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको अवलोकन निरीक्षण गरेका छन् ।सो अवसरमा क्याम्पसमा शिक्षक र कर्मचारी अभाव, शैक्षिक तथा प्रशासनिक सेवाप्रवाहमा देखिएका चुनौती, साथै वनशिक्षासँग सम्बन्धित समसामयिक विषयबारे छलफल भएको थियो । उपकुलपति थापाले शिक्षक र कर्मचारी अभाव लगायत समस्या समाधानका लागि विश्वविद्यालयबाट आवश्यक समन्वय र पहल गर्ने भन्दै गुणस्तरीय शिक्षा, प्रभावकारी प्रशासन तथा विद्यार्थीहितलाई उच्चप्राथमिकतामा राखी अगाडि बढ्न निर्देशन दिए ।

वनविज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस र कृषि तथा वनविज्ञान विश्व विद्यालयसँग सम्बन्धित समसामयिक विषय, देखिएका चुनौती तथा समन्वयका पक्षबारे छलफल भएको थियो । शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सहकार्य तथा विद्यार्थीहितलाई प्राथमिकतामा राखी विश्वविद्यालय बीच आपसी समन्वय, सहकार्य र संवादमार्फत् विषयको सकारात्मक समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*