बीआईसीटीमा एमएमसीका ६ जना राष्ट्रिय टपर

साझाकुरा
२०८३ श्रावण १६, शनिबार ११:५९

हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसको बीआईसीटीई कार्यक्रमले यसवर्ष पनि राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।प्रथम सेमेस्टरको परीक्षाफलमा क्याम्पसका ६ जना विद्यार्थी राष्ट्रिय टपर बन्न सफल भएका छन् । परीक्षाफल अनुसार माण्डवी ढकाल, क्रिस्टिना सापकोटा र एन्जल तिवारी नेपाल प्रथम भएका छन् । त्यस्तै, रोशनकुमार कुशवाहा, रजल शाहीठाकुरी र निर्जल रेग्मी नेपाल द्वितीय बन्न सफल भएका छन् । उत्कृष्ट नतिजासँगै क्याम्पसको बीआईसीटीई कार्यक्रमले राष्ट्रियस्तरमा आफ्नो शैक्षिक गुणस्तर र उत्कृष्टतालाई थप स्थापित गरेको कार्यक्रम संयोजक इन्द्रप्रसाद सापकोटाले साझाकुरालाई बताए ।

उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीलाई बधाई दिँदै उनले आगामी दिनमा पनि यस्तै मेहनत र लगनका साथ अझ राम्रो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन् । उनले बीआईसीटीई कार्यक्रमले निरन्तर नेपाल टपर उत्पादन गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि गुणस्तरीय सूचना तथा सञ्चारप्रविधि शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*