चुरेहिल हस्पिटलको अध्यक्षमा कटुवाल
हेटौंडा/हेटौंडा–११ थानाभ¥याङस्थित चुरेहिल हस्पिटलको संचालक समितिको अध्यक्षमा कृष्ण कटुवाल चयन भएका छन् ।
हस्पिटलको विशेष साधारणसभाबाट संचालक समितिको अध्यक्षमा कटुवाल सर्वसम्मत चयन भएका हुन् ।
समिति सदस्यहरुमा नारायणलाल श्रेष्ठ, प्रमोद सिंह रानाभाट, विश्वराज रिजाल, अर्जुन डंगोल, संयम मित्तल र अंकिता सुमार्गी सर्वसम्मत चयन भएका हुन् । हस्पिटलको सल्लाहकारमा गोकर्णप्रसाद पराजुली, अरुणराज सुमार्गी र मुरारीप्रसाद पुडासैनी चयन भएका छन् ।
अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा चुरेहिल हस्पिटललाई उत्कृष्ट उपचारको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । जिल्लाबासीलाई उपचारकै लागि अन्यन्त्र जिल्ला धाउनु पर्ने झन्झटबाट चुरेहिल हस्पिटलले मुक्त गर्ने उनको भनाई छ ।







