भीमफेदीमा दुई युवकको लडेर मृत्यु
हेटौंडा/भीमफेदी गाउँपालिकाको ज्यामिरेका दुई युवकको भीरबाट लडेर मृत्यु भएको छ । भ्यागुता प्रजातिको जीव पाहा खोज्न जंगल गएका नवीन दोङ र राजन दोङ भीरबाट लडेका थिए ।
धुन्धुरे खोलामा पाहा खोज्न जाँदा भीरबाट करिब एकसय मिटरमाथिबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । दीर्घ रोगबाट मुक्त हुन पहाडी बस्तीमा पाहा खाने चलन छ ।
रातको समयमा आहाराका लागि खोँचहरुबाट निस्कने पाहा खोज्न जंगल जाने गरेका छन् । मृतक दुवैको पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।







