आज विश्वकर्मा पूजा गरिँदै

साझाकुरा
२०७८ आश्विन १, शुक्रबार १०:१८

हेटौंडा, / आश्विन संक्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास रहिआएको छ ।

एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा चल्दैआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भेदद्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । यसैको सम्झनामा नेपालका कालीगढहरुले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजाआजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण विकास हुने विश्वासका साथ विश्वकर्माको पूजाआजा गर्ने गर्दछन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*