हेटौँडामा ७५ हजारले लिए सिफारिस

साझाकुरा
२०७८ आश्विन १, शुक्रबार १४:४४

बागमती, रासस/ हेटौँडा उपमहानगपालिकाले एक वर्षमा करिब ७५ हजार सिफारिस गरेको छ । सेवाग्राहीका माग अनुसार ७४ हजार ७४१ सिफारिस गरेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । उपमहानगरमार्फत सिफारिस भएकामध्ये सबैभन्दा धेरै

चौहद्दी ९चारकिल्ला प्रमाणित० छन् । उनकाका अनुसार चौहद्दी सम्बन्धी १० हजार ५० , नागरिकता सात हजार ७ ७२, नाता प्रमाणित एक हजार १८३, खानेपानी तथा बिजुली तीन हजार पाँच , वस्तुगत विवरण नौ हजार ४१८, जग्गा नामसारी एक हजार ८५४, नाता सम्बन्ध ८३४ र अन्य सिफारिस ४० हजार ६२५ छन् ।

गतवर्ष अनलाइन तथा अफलाइन प्रणालीमार्फत तीन हजार ४१८ को जन्मदर्ता, एक हजार २८५ को मृत्युदर्ता तथा एक हजार ९५९ जोडीको विवाहदर्ता भएको छ । यसैगरी १३६ दम्पतीले सम्बन्धविच्छेद गरेका छन् भने दुई हजार २१७ परिवार बसाई सरी आएका तथा गएको उपमहानगरका सूचना अधिकारी भानु थपलियाले जानकारी दिए ।

उन्नाइस वडामध्ये वडानम्बर १६ बाहेक १८ वडामार्फत अनलाइन व्यक्तिगत घटना दर्ताको काम हुँदै आएको छ । वडा नम्बर १६ मा भने अनलाइनमार्फत दर्ताको काम सुरु गर्ने चरणमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*