रोटरी क्लब अफ मकवानपुरमा जोशी

साझाकुरा
२०७८ आश्विन ३, आईतवार ०८:३२

हेटौंडा/ रोटरी क्लब अफ मकवानपुरमा सुन्दरकुमार जोशी पदस्थापित भएका छन् । रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२१/२२ का लागि जोशीले पदाधिकारी समेत चयन गरेका छन् । सातौं पदस्थापन कार्यक्रम रोटरी क्लब अफ मकवानपुरको बर्ष २०२०/२१ का अध्यक्ष कविन सांगामीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो ।

क्लबका अध्यक्ष सांगामीले नयाँ अध्यक्ष जोशीलाई अध्यक्षको चेन हस्तान्तरण गरको थिए । अध्यक्ष पदमा पदस्थापित भएसँगै जोशीले उपाध्यक्षमा शुक्र जोशी, सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा मनोज ढोडरी, सहसचिवमा हरिकुमार शर्मा र सहकोषाध्यक्षमा दीपक उप्रेतीलाई नियुक्त गरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रोटरी क्लब अन्तर्राष्ट्रिय रुपमै प्रतिष्ठित संस्था भएको बताए । उनले रोटरी क्लब अफ मकवानपुरको अग्रसरतामा स्थापना गरिने भनिएको प्लास्टिक सर्जरी अस्पतालका लागि जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । पदस्थापनपछि अध्यक्ष जोशी आफ्नो कार्यकालमा संस्थापक, अग्रजको सहयोग लिँदै वार्षिक नीति अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेको भन्दै कविन सांगामीले उत्कृष्ट सदस्यको रुपमा सचिव कृष्णबहादुर कार्कीलाई सम्मान गरेका थिए । उनले कोभिड–१९ संक्रमणको समयमा निःशुल्क खाना खुवाउने कार्यक्रमका संयोजक शुक्र जोशी नेतृत्वको टोलीलाई पनि सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्वअध्यक्षहरु विजयलाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ, रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्मा, पूर्वअध्यक्ष उज्ज्वल शर्मा भण्डारी, महालक्ष्मी विकास बैंक कमाने शाखाका प्रबन्धक रोशन सेनको पनि उपस्थिति रहेको थियो । पदस्थापन कार्यक्रम विष्णुगोपाल महर्जनको संयोजनमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*