हेटौंडाका सञ्जय प्रदेश क्रिकेट प्रशिक्षक

साझाकुरा
२०७८ आश्विन ३, आईतवार ०८:४३

हेटौंडा/ हेटौंडाका सञ्जय महर्जन बागमती प्रदेशको क्रिकेट प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बागमतीको प्रशिक्षकमा महर्जनलाई नियुक्त गरेको हो ।

प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले यसअघि आवेदन दिएका थिए । जसमध्ये महर्जन प्रशिक्षकका लागि योग्य ठहर हुँदै नियुक्त भएका हुन् । क्यानको आवेदनमा प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट प्रशिक्षण गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने योग्यता चाहिन्थ्यो । महर्जनसँगै देशका सातवटै प्रदेशमा क्यानले प्रशिक्षक नियुक्त गरेको हो ।

प्रदेश प्रशिक्षक नियुक्तिको लागि क्यानले १३ महिना अघि नै आवेदन मागेको थियो । क्यानले प्रदेश १ मा पुष्प थापालाई, प्रदेश दुईमा क्यानले प्रकाश शर्मा र सुनिल कुमार शाहलाई नियुक्त गरेको छ । गण्डकी प्रदेशमा रिजन प्रजु, लुम्बिनी प्रदेशमा वसन्त शाही ठकुरी र जमिल अन्सारी, कर्णाली प्रदेशमा विरेन्द्र शाही, सुदूरपश्चि प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई नियुक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*