रक्षादेवी मन्दिर अध्यक्षमा पुनः बानियाँ

साझाकुरा
२०७८ आश्विन ३, आईतवार ०८:५८

हेटौंडा/ हेटौंडा–६, चौघडामा रहेको रक्षादेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः रमेशकुमार बानियाँ चयन भएका छन ।
शनिबार मन्दिरमा भएको प्रथम बार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको
हो ।

समितिकोे उपाध्यक्षमा लक्ष्मीचरण श्रेष्ठ, सचिवमा राजकुमार फुयाल, सहसचिवमा विजयकुमार हुमागाई र कोषाध्यक्षमा केशव धिताल चयन भएका हुन । यसैगरि सदस्यहरुमा केशवप्रसाद कोईराला, राजेश पौडेल, मदन न्यौपाने, रामप्रसाद सापकोटा, सविना गुरुङ, सूर्य बहादुर खड्का, कमला सापकोटा र सरस्वती श्रेष्ठ चयन भएका हुन ।

भेलामा समितिका अध्यक्ष रमेशकृमार बानियाँले संस्थागत प्रतिवेदन, सचिव राजकुमार फुयाँलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्दिरको भौतिक विकासमा आर्थिक तथा जिन्सी सहयोग गर्ने उत्तमकुमार कुमार श्रेष्ठ, रामप्रसाद सापकोटा, विजयकुमार श्रेष्ठ, राजकुमार बास्तोला, सरोज न्यौपाने। संञ्चारकर्मी भीमसेन पौडेल लगायतकालाई सम्मानित गरिएको थियो ।

हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरगढी–७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्वा, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोला, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधराम चौलागार्इंले मन्तव्य व्यक्त गरेका थिए ।

रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेशकुमार श्रेष्ठ,, समाजसेवी कृष्णप्रसाद सञ्जेल, मन्दिर व्यवस्थापन समितिका सल्लाहकार रामहरि चौलागार्इं, उपाध्यक्ष उपेन्द्र बहादुर थापा मगर लगायतकाले मन्तव्य व्यक्त गरेका
थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*