अशोक बाटिकाको साधारणसभा

साझाकुरा
२०७८ आश्विन ४, सोमबार ०९:५६

हेटौंडा/ हेटौंडा–१७ चिसापानीमा रहेको अशोकवाटिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन, उपाध्यक्ष सागरनाथ बास्तोलाले ऋण समितिको प्रतिवेदन, सचिव लेखनाथ ढकालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक उद्धव प्रसाद गजुरेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

भेलामा उत्कृष्ठ बचतकर्तामा सन्देश तिमल्सिना र गौरीकुमारी पुडासैनी, उत्कृष्ट कारोबारीमा गायत्रीमाया गौतम र क्षे बहादुर राई, ज्येष्ठ सदस्यमा पवित्रादेवी घिमिरे र नमिना पौडेल पुरस्कृत भएका थिए । हेटौंडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यत एवम्
सहकारीका अध्यक्ष संस्थाका सल्लाहकार विदूर सापकोटा, सहकर्मी सहकारीका सचिव विष्णुमान श्रेष्ठलगायत उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*