बाल दिवसमा निबन्ध लेखन

साझाकुरा
२०७८ आश्विन ४, सोमबार १०:०८

हेटौंडा/ ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिम्मेवार अभिभावक विषयमा निबन्ध लेखन तथा प्रस्तुति कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
जेसीआई हेटौंडा लेडीको आयोजनामा भएको निबन्ध प्रतियोगितामा ९ जना प्रतियोेगीको सहभागिता थियो । प्रतियोगितामा सहभागीले बाल अधिकार, बालबालिकाको स्याहारमा अभिभावकको भूमिका र आफूले गर्दै आएको अभ्यासबारे व्याख्या गरेका थिए ।

बाल दिवसमा बालबालिकालाई नै सहभागी गराई प्रतियोगितात्मक रचनात्मक कार्यक्रमको आयोजना गरिने परम्परा विपरित जेसीआई हेटौंडा लेडीले बालबालिकाको हकअधिकार सुनिश्चित गर्न, बालबालिकाको उचित स्याहार, पालनपोषणमा अभिभावकको अनुभव तथा प्रयासलाई प्रस्तुत गर्ने गरी निबन्ध प्रतियोगिताको आयोजना गरिएको आयोजक अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

अस्मिता नेपालको समन्वयमा भएको प्रतियोगितामा भावना रिजाल प्रथम, राम मिजार द्वितीय र सीता दंगाल तृतीय हुँदै प्रमाणपत्रसहित क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय रुपियाँ नगद प्राप्त गरेका छन् । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अभिभावकबीच आयोजना गरिएको प्रतियोगिता नौलो र उपलब्धिमूलक भएको बताए ।

बागमती प्रदेशको बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । निबन्ध प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने र हेटौंडा–१, चौकीटोलस्थित अमर माविकी शिक्षक खगिन्द्र शर्मा थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*