खतिवडालाई नुवाकोट एमालेको चेतावनी
हेटौंडा/ नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले दुई दिनअघि नुवाकोट पुगेर गरेको भाषणले खैलाबैला मच्चिएको छ ।
मकवानपुरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने खतिवडाले नेकपा (एस) जिल्ला कमिटी घोषणा कार्यक्रममा एमालेका नेताहरुलाई विभिन्न आरोप लगाएका थिए । उनले वाग्मतीका एक मन्त्रीप्रति लक्षित गर्दै संगीन आरोप लगाएका हुन् ।
उक्त आरोपले एमाले नुवाकोटमा खैलाबैला मच्चिएको हो । नुवाकोट एमालेले विज्ञप्ति नै जारी गर्दै खतिवडालाई मुखमा लगाम लगाउन चेतावनी नै दिइसकेको छ ।नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले नेकपा (एस)का नेता खतिवडाको अभिव्यक्ति प्रति आपत्ति प्रकट गरेका हुन ।
खतिवडाले २ असोजमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेप्रति लक्षित गर्दै हेटौंडाको चोकचोकमा रक्सी खाएर उधारो राखेको आरोप लगाएका थिए । उक्त आरोप प्रमाणित गर्न नुवाकोट एमालेले खतिवडालाई चेतावनी दिएको छ ।







