युवा नेता न्यौपानेद्वारा सचिवमा उम्मेदवारी घोषणा

साझाकुरा
२०७८ आश्विन ६, बुधबार ११:४२

हेटौंडा, ६ असोज/ नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । हेटौंडा–१ का वडा अध्यक्ष समेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् ।

काँग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको न्यौपानेले बताए । गतस्थानीय तहको निर्वाचनमा हेटौंडा १ नम्बर वडामा लोकप्रिय मतका साथ अध्यक्ष निर्वाचित भएका न्यौपानेले बागमती प्रदेशको राजधानी र मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा काँग्रेस सक्षम भए जिल्लामै नेपाली काँग्रेस पार्टी बलियो अवस्थामा पुग्नेभन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

‘हेटौंडा उपमहानगरमा काँग्रेसलाई सबल र सक्षम बनाउन, पार्टीमा युवा सहभागितालाई दरिलो बनाउन, पार्टीलाई संस्थागतरुपमा विकास गर्न, प्रशिक्षणको माध्यमबाट पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा काँग्रेसका उमेदबारहरु जित्ने सांगठनिक आधार तयार गर्न मेरो उम्मेदवारी हो ।’, न्यौपानेले पार्टीको विधानमा व्यवस्था भएबमोजिम समावेशी सहभागिताको मुद्दालाई कार्यान्वयन प्रक्रिया सक्रिय ढंगले अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता औंल्याए ।

‘पदमा पुग्न मरिहत्ते गर्ने तर, जितेपछि कार्यकर्ता र जनताको समस्या बेवास्ता गर्ने गलत परिपाटीको अन्त्य गर्न पनि मेरो जीत आवश्यक रहेको छ ।’, उनी डेढ दशक पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर सक्रिय राजनीतिमा होमिएका हुन् । सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने घोषणा समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*