फापरबारी बसपार्कको फोहोरले सफा सहरको पुरस्कारलाई गिज्याउँदै
हेटौंडा/ हेटौंडा देशकै सफा सहरका रुपमा पुरस्कृत भएको स्थानीय तह हो । तर, सफा सहरमा पुरस्कृत भएको प्रमाणपत्र हेटौंडा उपमहानगरपालिका कार्यालयले भित्तामा राख्ने बाहेकको काम नगरेको नगरबासीले गुनासो गरेका छन् । हेटौंडाको संगम चोकस्थित फापरबारी बसर्पाकको फोहोरले सफा सहरको पुरस्कारलाई गिज्याएको छ ।
फोहोरको पोकादेखि भौतिक संरचना निर्माणमा उपमहानगरपालिकाले वेवास्ता गर्दा फापरबारी बसपार्क कन्तबिजोग भएको हो । बसर्पाक भित्रै फोहोर यत्रतत्र हुँदा पनि उपमहानगरले नदेखेको स्थानीयले गुनासो गरे । उपमहानगरले बजार क्षेत्रको सरसफाईमा ध्यान दिँदै देखावटी काममा केन्द्रित भएको पाइएको हो ।
नगरका भित्री क्षेत्रमा फोहोर संकलन कार्य प्रभावकारी नहुँदा नगरलाई कुरुप बनाइ राखेको पाइएको हो । पूर्वीमकवानपुरको छतिवन–फापरबारी बसपार्क निकै फोहोर र अव्यवस्थित हुनुमा उपमहानगरपालिका नै जिम्मेवार भएको कार्यालयका प्रवक्ता जगन्नाथ सापकोटा स्वीकार्छन् । उनले बसर्पाक लगायतका भित्री क्षेत्रमा फोहोर संकलनदेखि मर्मतसम्भार कार्यको योजना बनाएर अघि ््नबढ्दा यस्ता समस्या देखा परेको बताए ।
उनले उपमहानगरपालिका टालटुले विकासमै केन्द्रित भएको बताउँछन् । बागमती गाउँपालिका, बकैया गाउँपालिका मात्र नभई सिन्धुली पुग्न हेटौंडा–२ संगमचोकमा रहेको फापारबारी बसपार्क पुग्नुपर्ने हुन्छ । यत्रतत्र फोहोर, बसर्पाकभित्रै पानीको दह र हिलो, फोहोरको थुप्रोले बस चढ्न पनि सर्वसाधारणलाई समस्या भएको छ । बसर्पाक भित्र प्रवेश गर्नपनि सर्वसाधारणलाई अप्ठेरो परेको निरञ्जन दर्जीले गुनासो गरे । फापरबारी जान बसपार्क पुगेका दर्जी बसपार्कको अवस्था देखेर आफूलाई निकै दुःख लागेको बताउँछन् ।
यस विषयमा स्थानीय, व्यवसायी र सरोकारावाला पक्षले लामो समयदेखि उपमहानगरलाई जानकारी गराएपनि चासो नदिएको उनीहरुले गुनासो गरेका छन्। बसर्पाकमा सञ्चालन भएका होटल तथा अन्य व्यवसायहरु अगाडिको फोहोर र हिलो देखेर दिकदार भएका छन् । बसर्पाकको अवस्था दयनीय भएपनि उपमहानगरपालिका मौन रहेको हो । फापरबारीको बसर्पाकको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी कार्यालयको भए पनि कमिकमजोरी भएको प्रवक्ता सापकोटा स्वीकार्छन । ‘फोहोरको पोको देख्दा हामीलाई पनि अप्ठेरो लाग्छ । केही कमिकमजोरी भएका छन्, हामी सुधार गर्दै अघि बढ्छौं ।’, उनले भने ।







