परिषद्मा कार्यकारी समिति चयन

साझाकुरा
२०७८ आश्विन ८, शुक्रबार १३:४४

हेटौंडा/ बागमती प्रदेश युवा परिषद्को हेटौंडामा भएको पहिलो पूर्ण बैठकले ५ सदस्यीय कार्यकारी समिति चयन गरेको
छ । परिषद्को नियमित काम कारबाही चुस्त र प्रभावकारी बनाउन उपाध्यक्ष सन्तोष चौलागाईंको संयोजकत्वमा कार्यकारी समिति निर्माण गरिएको हो । समितिमा सामाजिक विकास मन्त्रालयका युवा महाशाखा प्रमुख, युवा परिषद् कार्यालयका प्रमुख र परिषद्को १७ सदस्यीय समितिबाट २ जना कार्यकारी समितिको सदस्यका रुपमा चयन भएका छन् ।

परिषद्का अध्यक्ष तथा सामाजिक विकासमन्त्री बिजय सुवेदीको अध्यक्षता तथा सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठ र मन्त्रालयका निमित्त सचिव रुद्रहरि भण्डारीको विशेष उपस्थितिमा भएको बैठकले प्रदेशभरका आम युवाहरुको हकहितका लागि विभिन्न निर्णयगरेको छ । बैठकले युवा स्वयंसेवक तालिम सञ्चालन गर्ने, युवा महिला उद्यमशीलता प्रवद्र्धन कार्यक्रम गर्ने, स्थानीय तहको समन्वय तथा संघ संस्थाको सहकार्यमा युथ इन्नोवेशन तथा इनक्युवेसन कार्यक्रम संचालन गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रलगायत युवा विकास कार्यक्रमहरुको बिषयमा निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*