साहित्य संगममा पहिलो पटक महिला नेतृत्व
हेटौंडा/मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ ।
२०४४ सालमा स्थापना भएको संगममा १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ । संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार भएकी छिन् ।
संगमको शनिबार भएको अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसहमत रुपमा निर्वाचित गरेको हो । यसअघि सदस्य, कोषाध्यक्ष तथा उपाध्यक्षमा दुई कार्यकाल काम गरिसकेको अनुभवलाई उपयोग गर्दै समितिका सदस्य तथा मकवानपुरे सबै साहित्यकारसँग छलफल र सहमतिमा योजनावद्ध रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाएकी छिन् ।
यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल निर्वाचित भएका छन् । संगमको कार्यसमिति सदस्यमा मेनुका तिमल्सिना, कुवेर पराजुली, गंगा सापकोटा र सुनिल गौतमलाई निर्वाचित गरेको छ ।
समितिको अन्य पदमा सर्वसहमत भएपनि सचिवमा भने निर्वाचन भएको थियो । मतदानमा प्रक्रियामा डिबी बर्तौलाले ७३ र रमेश बञ्जराले ९ मत प्राप्त गरेका थिए ।







