लायन्सको निःशुल्क स्वास्थ्य शिविर
हेटौंडा/लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र लियो क्लब अफ हेटौंडा भुटनदेवीको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । पञ्चमूर्ति आयुर्वेद क्लिनिक हेटौंडाको सहयोगमा हेटौंडा–१३, पदमपोखरी भएको निःशुल्क स्वास्थ्य शिविरमा करिब तीनसय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो ।
शिविरमा छाला, जीवनशैलीजन्य रोग, नशा तथा बाथ, ग्याष्ट्रिक, महिला तथा पुरुष सम्बन्धि विभिन्न रोगको निःशुल्क परीक्षण गरी आयुर्वेद औषधी वितरण गरिएको कार्यक्रम संयोजक सरिद्धी श्रेष्ठले जानकारी दिइन् ।
लायन्स क्लब अध्यक्ष गायत्री श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष मनोज वाइबाको प्रमुख आतिथ्यता रहेको थियो । शिविरमा डा. नितेश गिरी, रमेशकुमार चौधरी, लक्ष्मीनारायण भगत तथा रविन बस्यालको टीमले परीक्षण गरेको थियो ।







