मकवानपुरका सात स्थानीय तहमा देउवा पक्षका सभापति

साझाकुरा
२०७८ आश्विन १२, मंगलवार १२:३८

हेटौंडा/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् मकवानपुरमा सम्पन्न स्थानीय तहको अधिवेशनबाट नेतृत्वमा युवाहरु हावी भएका छन् ।जिल्लाको दशवटा स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति शेरबहादुर देउवा समूहका ७ जना र देउवा इतरका ३ जना सभापतिमा निर्वाचिन भएका छन् ।

देउवा समूहबाट हेटौंडा उपमहानगरपालिकामा उत्सव इटेनी, मनहरीमा प्रकाश बर्तौला, मकवानपुरगढीमा राजवीर लामा, कैलाशमा राजेन्द्र घिसिङ, बकैयामा दिलबहादुर भोम्जन, भीमफेदीमा सञ्जीव श्रेष्ठ र इन्द्रसरोबर गाउँपालिकामा विश्व लामा निर्वाचित भएका छन् ।

देउवाइतर समूहबाट थाहा नगरपालिकामा प्रमोद जोशी, बागमतीमा फणिन्द्र तिमल्सिना र राक्सिराङमा वीरेन्द्र जिम्बा सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनबाट मकवानपुरको १० स्थानीय तहमा चार सय ६० सदस्यीय कार्यसमिति चयन भएको छ । हेटौंडा उपमहा– नगरपालिकामा ९५, थाहा नगरपालिकामा ६०, बकैया ६०, बागमती, भीमफेदी, मनहरी र राक्सिराङमा ४५÷४५, मकवानपुरगढीमा ४० र इन्द्रसरोवर गाउँपालिकामा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् ।
‘क्रियाशील र क्षेत्रीय प्रतिनिधिमा युवाहरु हावी भएपनि नेतृत्व तहमा पनि युवा साथीहरु आउनु भएको छ ।’, प्रवक्ता कोइरालाले भने, ‘केही स्थानमा नयाँ र केही स्थानमा पुरानै साथीहरुले दोहो¥याएका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published.


*