दुग्ध सहकारी संघद्वारा सचिव पाण्डेको स्वागत
हेटौंडा/जिल्ला दुग्ध सहकारी संघले बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेको स्वागत गरेको छ ।
मन्त्रालयको सचिवमा सरुवा भएर केही दिनअघि आएका पाण्डेलाई मंगलबार संघ सफल कार्यकालको शुभकामनासहित स्वागत गरेको हो । संघका अध्यक्ष बासुदेव अधिकारी, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा लगायतले सचिव पाण्डेलाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।
सहकारी क्षेत्रलाई राम्रो बनाउन आफूले सक्दो भूमिका खेल्ने सचिव पाण्डेलेब बताएका छन् । उनले कृषि तथा सहकारी क्षेत्रको विकासमा आफू अवरत खटिने बताए । बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारी क्षेत्रको विकासमा र यसलाई माथि उठाउन सचिव पाण्डेबाट धेरै आशा गरेको धारणा राखे । उनले सचिव पाण्डेको कार्यकालमा सहकारी क्षेत्रमा उदाहरणीय काम हुनेमा आफू विश्वस्थ रहेको बताए ।
स्वागत कार्यक्रममा मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी, जिल्ला दुग्ध सहकारी संघका संचालक सदस्यहरु इन्द्रबहादुर बस्नेत, कृष्णप्रसाद घिमिरे र हरिप्रसाद हुमागाईं, संघका व्यवस्थापक तथा सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारीका अध्यक्ष कुमारमणी दहाल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाललगायतको उपस्थिति रहेको थियो ।







