भीमफेदीमा मानसिक स्वास्थ्य बहिरड्ड शिविर

साझाकुरा
२०७८ माघ ५, बुधबार १३:५३

हेटौंडा-मानसिक स्वास्थ्य र मनोसामाजिक अपाड्डताको प्रबद्र्धनका लागि काम गर्ने संस्था कोशिसले भीमफेदीमा आइतबारबाट सुरु गरेको निःशुल्क मानसिक स्वास्थ्य बहिरड्ड सेवा शिविर मंगलबार सकिएको छ ।  कोशिस भीमफेदी कार्यालयको आयोजना र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीको समन्वयमा संचालन भएको एकदिने शिविरमा भीमफेदी गाउँपालिका भरको ९ वटै वडाका ३१ जनामा सामाजिक तथा मानसिक स्वास्थ्यको जाँच गरी सम्पन्न गरिएको कोशिस भीमफेदीकी प्रमुख सुनिरा लामा स्याङ्तानले बताइन् ।

जसमा १६ जना पुरुष र १५ जना महिलाको मनोचिकित्सक डाक्टर दिपक कुँवरले चेकजाँच गरेका हुन् भने आवश्यक औषधि कोशिसले उपलब्ध गराएको छ । उक्त शिविरलाई पुनः एक महिनाको अन्तरमा सन्चालन गरिने प्रमुख स्याङतनले बताइन् । लामो समयदेखि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको स्वतन्त्र जीवन, समावेशीकरण र अर्थपूर्ण सहभागिताको वकालत गर्दै आएको कोसिसले मानसिक स्वास्थ्य सम्वन्धि कार्यक्रम गर्दे आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*