सेवा केन्द्रबाट खोप अभियान सुरु

साझाकुरा
२०७८ माघ १०, सोमबार १३:१४

हेटौंडा-हेटौंडा–९, पशुपतिनगरस्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले खोप अभियानको आइतबार शुभारम्भ गरेका छन् । समुदाय सेवा केन्द्रमा तीन दिनसम्म खोप अभियान सञ्चालन हुनेछ ।  यहाँ सर्वसाधारण, पूर्वप्रहरी, फ्रन्टलाईनर, औद्योगिक क्षेत्र प्रवेश गर्ने सवारी चालक लगायतलाई कोरोनाविरुद्धको खोप लगाइने सेवा केन्द्रका पूर्व अध्यक्ष कुमार पौडेलले जानकारी दिए । आवश्यकता अनुसार अभियानको समय थप हुने पौडेलले बताए ।

सेवा केन्द्रका अध्यक्ष  राम विष्टको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सामाजिक तथा  राजनैतिक व्यक्तित्वहरुको सहभागिता थियो ।
खोप अभियान शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री लामाले खोप अभियान समुदायमै पुग्नुपर्छ भन्ने अवधारणाका साथ प्रदेश सरकार अभियानमा लागेको बताएका  छन् । उनले कोरोनाविरुद्धको खोप खोज्दै भौतारिनु नपर्ने र समुदायस्तरमै खोपको व्यवस्था गरिएको मन्त्री लामाले जनाए ।  उनले सरकारको प्रयासमा सरकारी निकायसँगै सामाजिक संघसंस्था र नागरिक समाजको सहकार्यले चैतसम्म सबैलाई खोप लगाइसक्ने लक्ष्य  रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*