एक जना मात्र कोरोना संक्रमित थपिए
हेटौंडा-मकवानपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा शनिबार ५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । शनिबार जिल्लामा संक्रमणका कारण मृत्यु हुने र संक्रमणमुक्त हुनेको संख्या शुन्य रहेको छ ।
यसैगरी, नेपाल भर थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, सो अवधिमा चार हजार २ सय ६० पीसीआर परीक्षणमा ४ सय ९१ जना र दुई हजार ३ सय ९४ एन्टिजेन परीक्षणमा ३ सय ४५ जना गरी ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर २६ हजार १ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।







