प्रदेशमा स्वास्थ्य सेवा पु¥याउन कटिवद्ध छुः स्वास्थ्य मन्त्री लामा
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश सरकार प्रदेशको सबै स्थानमा स्वास्थ्य सेवा पु¥याउन कटिवद्ध रहेको बताएका छन् ।
बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडाको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको छैटौं दिन शुक्रबार भएको कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री लामाले यस्तो बताएका हुन् । उनले स्वास्थ्य मन्त्रालयको प्रदेशको सबै क्षेत्रमा सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कटिवद्ध रहेको बताए ।
मन्त्री लामाले प्रदेशको ९५ प्रतिशत नागरिकले दुवै डोज खोप लगाइसकेको भन्दै स्वास्थ्य मन्त्रालय कुनैपनि महामारीको सामना गर्न तयार रहेको पनि दावी गरे । ‘जस्तोसुकै महामारी आएपनि हामि त्यसको सामना गरेर जनतालाई सुरक्षा दिन तयार छौ । तर, जनता पनि आफू सचेत भने हुनुपर्छ’,उनले भने । कार्यक्रममा बोल्दै रेडियोका संरक्षक अजेयराज सुमार्गीले सहि र सत्यको अर्थ थाहा भएको भन्दै सोहि मार्गमा थाहा हिँडिरहेको बताए ।बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चारका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रेडियोका प्रबन्धक अरुणराज सुमार्गी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले बोलेका थिए ।







