मनहरीमा जेठ २६ र २७ गते कोरोना विरुद्धको खोप लगाइने

साझाकुरा
२०७९ जेष्ठ २४, मंगलवार १२:३२

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकामा यहि जेठ २६ र २७ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ । १२ वर्ष माथिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाइन लागेको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले जानकारी दिए ।खोप अभियानमा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा र कुनै पनि मात्रा नलगाएकालाई पहिलो मात्राको खोप लगाइने उनले बताए । खोप अभियानमा पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) समेत लगाइने लुइटेलले बताए ।

खोप अभियान प्रत्येक वडाको खोप केन्द्रमा सञ्चालन हुने जनाइएको छ । कोभिड–१९ बाट बच्न नेपाल सरकारले निशुल्क रुपमा लगाइरहेको कोरोना विरुद्धको खोप अभियानमा पहिले छुटेकाहरुलाई यो अभियानमा नछुट्न समेत आग्रह गरिएको छ ।कोरोनाबाट बच्न कोरोना विरुद्धको खोप नै भएकोले खोप लगाउन छुटेकाहरु अनिवार्य आफ्नो वडाको वडा स्वास्थ्य कार्यलयमा गई खोप लगाउन भनिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*