६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
हेटौंडा- मकवानपुरमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बुधबार २२ जनाको पिसीआर विधीबाट र २ जनाको एन्टीजेन विधीबाट परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरको अनुसार हाल मकवानपुर जिल्लामा १७ जना सक्रिय संक्रमित रहेको छन् । जसमध्ये १६ जना होम आईसोलेसनमा र १ जना संस्थागत आईसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म कोभिड १९ को पूर्ण मात्रा खोप ३ लाख २४ हजार ४ सय ८६ जनाले लगाएका छन् ।







