दन्त शिविरमा १ सय ७७ जनाको उपचार

साझाकुरा
२०८० असार ३, आईतवार १०:१०

हेटौंडा-नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आयोजना तथा ओम चावहिल डेण्टल हस्पिटल र कोटेश्वर शाखा काठमाडौंको प्राबिधिक सहयोगमा थाहा नगरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा एकदिने निःशुल्क दन्त शिबिर सम्पन्न भएको छ ।शिबिरमा १ सय ७७ जनाको दाँतको बिबिध उपचार गरिएको नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाका कोषाध्यक्ष यादब रायमाझीले बताए । शिबिरमा दाँतको परामर्श, सरसफाई, दात निकाल्ने, दाँत भर्ने र निःशुल्क औषधि वितरण गरिएको कोषाध्यक्ष रायमाझीले बताए । ओम चावहिल डेण्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले यस क्षेत्रमा नियमित रुपमा दन्त शिबिर संचालन गरिने बताए ।

थाहा नगरपालिकाको सहयोगमा भएको शिबिर संचालनमा फरक सोच, पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, शिखरकोट बजार ब्यवस्थापन समितिको सहकार्यमा भएको हो । शिबिर समापन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सदस्य राजकुमार केसी, लायन्स क्लब अफ पिस थाहाका दीपक कार्की, फरक सोचका राजु पोखरेल, पालुङ प्राथमिक स्वास्थ केन्द्रका डा.रोशन अर्याललगायतको आतिथ्यता रहेकोे थियो ।

शिबिरमा थाहा नगरपालिका, कैलाश गाउँपालिका लगायतका दाँंतका बिरामीले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सचिव राजाराम रायमाझीले बताए । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सभापति घनश्याम बस्नेतको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा उपसभापति गीता कार्की, उपशाखा सदस्य शकुन्तला गोपालीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा सहयोगी संघसंस्था, शिविरमा सेवा दिएका स्वास्थकर्मीलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*