लोथरमा पेट्रोल पम्पको उद्घाटन

साझाकुरा
२०८० भाद्र १२, मंगलवार १०:१९

हेटौंडा-पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरमा अत्याधुनिक सुबिधासम्पन्न पेट्रोल पम्पको उद्घाटन गरिएको छ ।नेपाल आयल निगम लिमिटेडको आधिकारिक बिक्रेता संजय फिलिङ स्टेसनले सोमबारबाट पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । सोमबार बिहान एक कार्यक्रमकाबीच मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पेट्रोल पम्पको उद्घाटन गरेका हुन् । नेपाल आयल निगमको मापदण्ड अनुसार नै पेट्रोल पम्प स्थापना गरिएको बताइएको छ ।

स्टेसनका सञ्चालक बिदुर रिजालका अनुसार नमूना पेट्रोल पम्प १ लाख ६ हजार (डिजेल ९० हजार र पेट्रोल १६ हजार) लिटर क्षमताको रहेको छ । उनले पम्ममा ७ करोड रुपैयाँ एकल लगानी रहेको बताए । रिजालले पम्मसँगै डिपार्टमेन्ट स्टोर र कफीसप पनि सञ्चालन गरिएको बताए । पम्पमा १० जनाले रोजगारी पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*