जन्मदिनमा रेडक्रसलाई टिसर्ट र नगद सहयोग
हेटौंडा-नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखालाई १५ थान टिसर्ट र ५ हजार १० रुपैयाँ नगद प्राप्त भएको छ ।उपशाखाकी उपसभापति अन्जु कार्र्की (खुसी) ले आफ्नो जन्मदिनको अबसर पारेर सोमबार टिसर्ट नगद उपशाखालाई हस्तान्तरण गरेकी हुन् । रेडक्रसका गतिविधिलाई तीब्ररुपमा अघि बढाउनका लागि जन्मदिनमा सहयोग गरिएको कार्र्कीले बताइन् । उनले उपशाखाका सभापति मोहन कार्कीलाई रकम र टिसर्ट हस्तान्तरण गरिन् । मनहरी–८ सिमपानीस्थित रेडक्रस उपशाखा कार्यालयमा आयोजित कार्यक्रममा उपशाखाका पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागी थिए ।







