हातेमालोको कारोबार साढे ६५ करोड, अध्यक्षमा पुनः पौडेल
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ संगमचोक स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आव २०७९÷८० मा ६५ करोड ४७ लाख ९० हजार ३३४ रुपैयाँको कारोबार गरेको छ ।शनिबार १७ औं वार्षिक साधारणसभा गर्दै कारोबारको वित्तीय विवरण प्रस्तुत गरिएको हो । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा सहकारीले विभिन्न विधामा शेयर सदस्य सम्मान गरेको थियो । सहकारीले जेष्ठ शेयर सदस्यतर्फ दीलानाथ नेपाल र भक्तकुमारी खड्कालाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, नियमित बचततर्फ कल्पनादेवी दाहाल र गोविन्दबहादुर थापा, असल ऋणितर्फ भेषबहादुर घले र वसन्तबहादुर दर्लामीलाइ सम्मान गरिएको थियो ।सभामा संस्थामा धेरै सदस्य सिफारिस गर्ने दीपेन्द्र यादव र उत्कृष्ट कर्मचारीतर्फ जुनियर कार्यालय सहायक विजय दोङलाइ सम्मान गरिएको थियो । कार्यक्रममा एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका १÷१ छात्रछात्रालाई र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने १÷१ छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।
६ करोड २८ लाख ५९ हजार पाँच सय शेयर पुँजी रहेको सहकारीले ४३ करोड ७५ लाख २३ हजार ५९ रुपैयाँ बचत निक्षेप रहेको छ । सहकारीले शेयर सदस्यलाई ५२ करोड १५ लाख ९३ हजार ६२१ रकम कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताइन् । उनका अनुसार संस्थामा संस्थागत पुँजी ३ करोड ४९ लाख ४३ हजार रहेको र २ हजार ५६१ शेयर सदस्य रहेको बताइन् ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, संस्थाका पूर्वअध्यक्ष नुरप्रसाद गौतम, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुर उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाप्रमुख रामेश्वर अर्याल, सल्लाहकार डा.गणेश लामा, नमूना प्रगति साकोसका अध्यक्ष मिठाराम दाहाल, नेफ्स्कुन फिल्ड ईन्चार्ज ज्योति महत, संस्थाका लेखा समिति संयोजक रविन्द्रप्रसाद सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।
हातेमालो साकोसमा पुन: पौडेल
हातेमालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः हरिप्रसाद पौडेल चयन भएका छन् । शनिबार भएको १७ औं वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयनगरिएको हो ।समितिको उपाध्यक्षमा केशवप्रसाद धिताल, सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा दीपकप्रसाद दाहाल चयन भएका छन् । समितिको सदस्यहरुमा भने सुलोचना सापकोटा, नवराज चौलागाई, किशोर बर्तौला, प्रमिला अर्याल, सानी कान्छी बरुवाल चयन भएका छन् । संस्थाको लेखा समितिमा नारायण रेग्मीको संयोजकत्वमा तीन सदस्य चयन गरिएको छ । समितिको सदस्यमा विनोद घिमिरे र रेखा रिजाल चयन भएका छन् ।







