हटियामा १ सय २५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित प्रस्तावित श्री जगद्गुरुत्तम चिकित्सालयस्थलमा भएको निःशुल्क स्वास्थ्यशिविरमा १ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।शनिबार सम्पन्न शिविरमा हाडजोर्र्नी तथा नशारोग, दन्तरोग, सामान्य चिकित्सा, र फिजियोथेरापीसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । मासिक रुपमा संचालन हुने शिविरमा सन्चो हस्पिटल प्रालि हेटौंडाका हाडजोर्नी तथा नशा रोग चिकित्सक आशुतोष दास, सामान्य चिकित्सा डाक्टर सचिन दास, जस्मिन हस्पिटल प्रालिमायादेवी–१ की सञ्चालक फिजियोथेरापिस्ट डाक्टर रोशनी नेपाली र पन्चकोश डेन्टल हस्पिटल प्रालि जाजरकोटका सिडिसि डा. प्रेमबहादुर कार्र्कीद्वारा १ सय २५ जना स्थानीयसहित साधकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । श्रीराधामाधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजना तथा सन्चो हस्पिटल प्रालि हेटांंैडाको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविर श्रीराधामाधव समिति नेपालका केन्द्रीय सदस्य किरण शर्मा
भण्डारीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–१८ का वडाअध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताएका छन् । विगतका दिनहरुमा संस्थाले शिविरहरु संचालन गर्दै आएको छ । २०७६ पुस महिनादेखि सुरु भएको शिविर कोरोना अवधिभर रोकिएर पुनः सञ्चालन हुँदै ३० औं श्रृंखलाअन्तर्गत शनिबारको शिविर सम्पन्न भएको हो । विगतमा विभिन्न विधामा आयोजित शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिएको थियो । अब आउने महिनामा विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पु¥याउने योजना रहेको जनाइएको छ ।







