नमूना प्रगतिको शेयर पुँजी लगातार वृद्धि

साझाकुरा
२०८० भाद्र ३१, आईतवार १२:२७

हेटौंडा-शेयर सदस्यहरुको बचतको सुरक्षा, लगानीमा सहजताका दृष्टिकोणले जिल्लामै उत्कृष्ट सहकारीको सूचिभित्र पर्ने नमूना प्रगति सहकारीको शेयर पुँजी पनि निरन्तर वृद्धि भइरहेको छ ।शेयर पुँजी विगत ३ वर्षदेखि निरन्तर वृद्धि भइरहेकाले सहकारीप्रति शेयर सदस्यले देखाएको विश्वासलाई पनि मुल्यांकन गर्न सकिन्छ ।

हेटौंडा–२, स्थित देवीपथमा रहेको नमूना प्रगति बतच तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्ष २०७९÷८० मा २ करोड ८२ लाख ५१ हजार ८ सय रुपैयाँ शेयर पुँजी रहेको अध्यक्ष मिठाराम दाहालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीको आव २०७८÷७९ मा शेयर पुँजी २ करोड ७७ लाख ९७ हजार ५ सय तथा आव २०७७÷७८ मा २ करोड ६५ लाख १ हजार ६ सय रुपैयाँ रहेको अध्यक्ष दाहालको प्रतिवेदनमा जनाइएको छ । सहकारीले गत आव ०७९÷८० मा २९ करोड ६९ लाख ४६ हजार ५ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ ।

सहकारीको बचत÷निक्षेपमा भने गिरावट आएको छ । गत आव ०७९÷८० मा २८ करोड ६६ लाख २७ हजार ७ सय ३१ रुपैयाँ र आव ०७८÷७९ मा बचत÷निक्षेप २९ करोड ९३ लाख ४६ हजार ९ सय ३४ रुपैयाँ रहेको थियो । शनिवार हेटौंडामा भएको सहकारीको २३ औं वार्षिक साधारण सभाको अबसरमा कोषाध्यक्ष केशवप्रसाद देवकोटाले आर्थिक प्रतिवेदन र लेखा सुरपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारणसभाको अबसरमा सहकारीले ज्येष्ठ सदस्यहरु हीरादेवी दाहाल, शेरबहादुर मिजारलाई, नियमित तथा उत्कृष्ट मासिक बचतमा विष्णुमाया लो, दीपक दियाली, नियमित तथा उत्कृष्ट ऋणीमा उर्मिला बरुवाल, चुडामणि पराजुली, उत्कृष्ट व्यवसायीमा भोजराज पराजुली, उत्कृष्ट आवधिक बचतमा चतुर्भुज अधिकारी, सक्रिय सदस्यमा टोमप्रसाद तिमल्सिना, बालबचततर्फ सयन्सा धिताल, विषम धिताल तथा उत्कृष्ट कर्मचारी रुपा चौलागाईं पुरस्कृत भएका छन् ।

सहकारीका अध्यक्ष दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, सहकारीका पूर्वअध्यक्ष बद्रीप्रसाद लम्साल, सहकारीका सल्लाहकार सूर्यचन्द्र न्यौपाने, हेटौंडा उपमहानगरका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, दिव्यतारा सहकारीका अध्यक्ष डा.गणेश लामा, नुरप्रसाद गौतम, वीरेन्द्रप्रसाद ढुंगाना, उद्धवप्रसाद दाहाल, कुमारमणि दाहाल, रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*