जिल्लामा डेंगू संक्रमितको संख्या ४ सय ६५ पुग्यो

साझाकुरा
२०८० आश्विन ५, शुक्रबार ०९:२८

हेटौंडा-मकवानपुरमा बिहीबार थप ५ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका १–१ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । यहाँ ३१९ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ७ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ४१ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ११ जना, बकैया गाउँपालिकाका १५ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*