श्रमिक सानाकिसानको बचत सात करोड बढी

साझाकुरा
२०८० आश्विन ८, सोमबार ०९:१८

हेटौंडा- मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा आइतबार भएको छ । भाद्र २० गतेदेखि वडागत रुपमा सभा गर्दै आइतबार वार्षिक साधारणसभा गरिएको हो ।गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष निर्मलाकुमारी लम्सालको सभाध्यक्षतामा सभा भएको थियो । सभाको अवसर पारेर गाई ब्लक विकास कार्यक्रमलाई साथ सहयोग गर्ने पूर्व गाउँपालिका अध्यक्ष विदुर हुमागाई र वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै, बाल बचततर्फ सजल लम्साल, जेष्ठ नागरिक बचततर्फ खेमकुमारी लम्साल, पेवा बचततर्फ हरिमाया स्याङ्तान र यदुनाथ रेग्मीलाई पुरस्कृत गरिएको थियो । सभामा असल ऋणीतर्फ रीता सापकोटा, राधिका हुमागाई, फूलमाया न्यासुर, पार्वती स्याङ्तानलाई पुरस्कृत गरिएको थियो ।सहकारीले आफ्ना शेयर सदस्यलाई २० करोड ६३ लाख ३८ हजार ८ सय १३ रुपैयाँ ऋण प्रवाह गरेको संस्थाका प्रबन्धक गीता लम्सालले जानकारी दिइन् । साविक मकवानपुरगढी गाविस कार्यक्षेत्र रहेको सहकारीमा एक हजार ५६० जना सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयरपुँजी एक करोड ४६ लाख ७२ हजार तीन सय रहेको छ भने बचत निक्षेप ७ करोड ३८ लाख ८३ हजार १३५ रुपैयाँ रहेको प्रवन्धक लम्सालले बताइन् ।

सभामा संस्थाका अध्यक्ष लम्सालले संस्थागत प्रतिवेदन, लेखासमिति संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र प्रवन्धक गीता लम्सालले आव ०७९÷८० को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०८०÷८१ को लागि २२ करोड ६७ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।सभामा गाउँपालिकाका पूर्वअध्यक हुमागाई, वडा ३ का वडाध्यक्ष घिमिरे, २ का अध्यक्ष बखानसिं पाख्रिन, ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, सिर्जनशील समाज साकोसका अध्यक्ष कृष्णबहादुर विडारी, मनकामना दुग्ध उत्पादन सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, धमिले कृषि सहकारीका अध्यक्ष नवराज सञ्जेल, स्वरोजगार सानाकिसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, हिमाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानकी दाहाल, रानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामूदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष उमेश अधिकारी, संस्थाका सल्लाहकार बलराम हुमागाई, गाउँपालिका सहकारी शाखाका सूर्यबहादुर गुरुङ, पशुशाखाका प्रमुख सत्यनारायण साह, कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरी, मनकाना दुग्ध सहकारीका व्यवस्थापक शशी लम्साललगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी, साधारणसभाको बन्दसत्रले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रीता योञ्जन र सदस्यहरुमा सुजाता आले, आईतीमाया वाईवा, सुकुन्तला गिरी, सरिता नेगी, भुवनकुमारी तिमल्सिना, कुमारी गोङवा र संगीताकुमारी लुङवा रहेका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा, सदस्यहरुमा रेणुका पूर्वछाने मगर र विमला सापकोटा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*