अनेम संघ (क्रान्तिकारी) मनहरीको अध्यक्षमा खनाल
हेटौंडा- अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मनहरी गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । बुधबार मनहरी गाउँपालिका–९ रजैयास्थित अग्निहोत्राश्रममा कार्यक्रमको आयोजना गरी बैठक सम्पन्नगरेको हो ।बैठकबाट अनेम संघ (क्रान्तिकारी) मनहरीले नयाँ नेतृत्व पाएको हो । चन्द्रकला खनालको नेतृत्वमा ३३ सदस्यीय अनेमा संघ (क्रान्तिकारी) मनहरी गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा ईस्वरी सुनार, मञ्जुर अर्याल र लक्ष्मी खड्का चयन भएका छन् । सचिवमा बिष्णुकुमारी जिम्बा र प्रमिला पुडासैनी रहेका छन् । कोषाध्यक्षमा तारा अधिकारी चयन भएकी छन् ।
अनेमा संघ (क्रान्तिकारी) मनहरीका अध्यक्ष बिमला गलानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य लक्ष्मी माझी कृपा) ज्येष्ठ कम्युनिस्ट मन्चका केन्द्रीय सदस्य रामहरि सुवेदी, मनहरी गाउँ कमिटीका इन्चार्ज राजकुमार पाख्रिन, अध्यक्ष रामप्रसाद कालाखेती लगायतको उपस्थित थियो ।







