सगरमाथा साकोसको नेतृत्वमा पुनः डोटेल

साझाकुरा
२०८० मंसिर ९, शनिबार २०:५६

हेटौंडा, ९ मंसिर/हेटौंडा–४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा तथा पाँचौं अधिबेशनले पुनः आयुषकुमार डोटेललाई नेतृत्वको जिम्मेवारी दिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले उद्घाटन गरेको साधारणसभाले डोटेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिमा उपाध्यक्ष श्रीराज खतिवडा, सचिव रामचन्द्र नेपाल, कोषाध्यक्ष निसा सिग्देल तथा सदस्यहरुमा रुपक रिजाल, उमेश पुरी र ब्रबिम बर्तौला चयन भएका छन् । श्रृजन नेपालको संयोजकत्वमा रमिला मैनाली र प्रदीप खड्का सदस्य रहेको लेखा समिति यचन गरिएको छ । अधिवक्ता मुकुन्दप्रसाद अधिकारी, सुस्मिता महत, आशिष गौतमको निर्वाचन मण्डलले नयाँ नेतृत्व सर्बसम्मत चयन गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार १ सय ५३ शेयर सदस्य रहेको सहकारी संस्थाले आ.व. २०७९/०८० मा ५ हजार ६ सय ३ शेयर सदस्य पु¥याएको छ । शेयर पुँजी २ करोड ५३ लाख ४९ हजार ४ सय रहेकोमा गत आ.व.मा शेयर पुँजीमा वृद्धि भई २ करोड ५९ लाख ८८ हजार ८ सय पुगेको हो । सहकारी संस्थामा सदस्यहरुको विश्वास बढ्दै जाँदा १९ करोड ३२ लाख ६९ हजारबाट वृद्धि भई गत आ.व.मा ६९ करोड १७ लाख २ हजार बचत संकलन गर्न संस्था सफल भएको छ ।

सहकारी संस्थाले आ.व. २०७९/०८० मा १८ करोड ९६ लाख ७२ हजार ऋण प्रवाह गरी कूल १ करोड ९९ लाख ३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नबीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी अधिकृत हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका शाखाप्रमुख रामेश्वर अर्याल, जिल्ला कृषि सहकारी संघका ब्यवस्थापक नरेश आचार्य, नेफ्स्कुन फिल्ड सहायक बिजयबहादुर बस्नेतलगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*