अख्तियार हेटौंडाद्वारा वडाध्यक्ष घुससहित पक्राउ

साझाकुरा
२०८० पुष ३, मंगलवार १२:३६

हेटौंडा- सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले एकजना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका हुन् । कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित सोमबार पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*