देउसीभैलोको रकमले विद्यार्थीलाई सहयोग
हेटौंडा- हिमालयन राईडर्स सोसाइटी मकवानपुर हेटौंडाले देउसी भैलो खेली संकलन गरेको रकमबाट शैक्षिक सामग्री सहयोग गरेको छ ।हेटौंडा उपमहानगरपालिका–१६ शक्तिखोलास्थित वीपी आधारभूत विद्यालयका ८३ जना विद्यार्थीलाई शनिबार शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदारसिं वाईबाको प्रमुख आतिथ्यता तथा सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षतामा सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयका बालबालिकालाई स्कूल ब्याग, कपी, सिसाकलमलगायत सामग्री बितरण गर्न सोसाइटीका सदस्यहरु उत्साहकासाथ साइकलमा शक्तिखोला पुगेका थिए ।
कार्यक्रममा विद्यालयका प्रअ ठाकुर नेपाल, हिमालयन राइडर्स सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, सोसाइटीको उपाध्यक्ष राजु थापामगर, सदस्यहरु उमेश अचार्य, दिलिप श्रेष्ठ, सोसाइटीका सहयोगी धर्मराज पाण्डेलगायतको उपस्थिति रहेको थियो । सामाजिककार्यमा सक्रिय सोसाइटीले विद्यालयमा अध्यनरत छात्रछात्रालाई थप उर्जा मिलोस् भनी शैक्षिक सामग्री सहयोग प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।







