अखिल (क्रान्तिकारी)को औद्योगिक क्षेत्र भ्रमण
हेटौंडा-अखिल(क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत विद्यार्थीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगको अध्ययन अवलोकन गरेका छन् । सैद्दान्तिकसँगै ब्यावहारिक स्थलगत अध्ययनको लागि औद्योगिक क्षेत्रको भ्रमण तथा अवलोकन कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइलीले बताए । क्याम्पसमा अध्ययनरत करिब ४० विद्यार्थीको समूह हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगको बस्तुस्थिति, उद्योग सञ्चालनको प्रक्रिया, उद्योगमैत्री वातावरणलगायतको जानकारी एवम् अध्ययनको लागि अवलोकन भ्रमण आयोजना गरिएको हो ।
हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको मल्टिनेसनल कम्पनी एनटार्टिक बिस्कुटस्, स्यानिटरी प्याडलगायत अन्य हाइजेनिक बस्तु उत्पादन गर्ने कम्पनी सेफ्टी हाइजिन प्रालि, कार्टुन उत्पादन गर्ने कम्पनी मालिका प्याकेजिङ प्रालि र हाल बन्द रहेको उद्योग हेटौंडा सिमेन्ट इन्डस्ट्रिजको अवलोकन गरिएको थियो । अबलोकनमा अखिल(क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दीपक वाइबा, सदस्य मिनेश पुडासैनी, अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइली, सचिव ईश्वर ढु·ेल, अखिल (क्रान्तिकारी) फोर्स मकवानपुरका सदस्य रबिन चौलागाईंलगायतकोरहेका थिए ।







