विश्वप्रकाश शर्मा मनहरीमा आउने
हेटौंडा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मकवानपुरको मनहरी आउने भएका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिको आयोजनामा हुने क्रियाशील तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न फागुन २२ गते बिहीबार महामन्त्री शर्मा मनहरी आउने भएका हुन् ।मनहरी गाउँपालिका अगुवा तथा क्रियाशील कार्यकर्ता प्रशिक्षणका साथै पार्टीको वर्तमान गतिविधिका बारेमा छलफल हुने कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशसभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहने कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिए ।
कार्यक्रमका बीच मनहरीका कांग्रेस अगुवा नेतालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको बर्तौलाले बताए । क्रियाशील भेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेतृत्वले गरिरहेका कामकारबाहीबारे पनि समीक्षा हुने बताइएको छ ।







